१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सप्तरीको बोदेबर्साइनमा युवा र महिला जनमत संघ गठन

Logo
प्रकाशित मंगलबार, साउन २६, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२६ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिकामा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको छ ।

मंगलबार जनमत पार्टी बोदेबर्साइन नगरपालिका ७ का वडा अध्यक्ष गोसाई साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी नगर अध्यक्ष खुश्बु यादव रहेकी छिन् ।

सो कार्यक्रममा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको नगर अध्यक्ष खुश्बु यादवले जानकारी दिनुभयो ।

दिपेन्द्र यादवको नेतृत्वमा ३५ सदस्यीय वडा स्तरीय युवा जनमत संघ र रोसा देवी यादवकी नेतृत्वमा ३१ सदस्यीय महिला जनमत संघ गठन भएको छ ।

सोही कार्यक्रम विच विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा सयौं जना नेता तथा कार्यकर्ता प्रवेश गरेको छ ।

नव प्रवेशीका सबैजनालाई अबिर लगाएर पार्टी प्रवेश गराएका छ्न ।पार्टी प्रवेश गरेका सबैजनालाई शुभकामना तथा बधाई समेत नगर अध्यक्ष खुश्बु यादवले दिएकी छिन् ।

उक्त कार्यक्रममा नगर सचिव विद्या नारायण यादवलगाइत स्थानीय नेता कार्यकर्ताहरुको उपस्तिथिमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]