१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कटुवा पेस्तोलसहित ३ जना प्रहरी फन्दामा

Logo
प्रकाशित बिहिबार, साउन २८, २०७८

न्यूजमधेश डेस्क
बुटवल,२८ श्रावण । कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँ रहेका छन् ।

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार महाराजगंज नगरपालिका-९ औरहवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थमा हिँडिरहेको समयमा खान तलासी गर्दा लक्ष्मणको साथबाट एक थान घरेलु नल कटुवा पेस्तोल र विश्वम्वरको साथबाट सो पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको उनले बताए ।

पक्राउ परेका दुवै जनाले दिएको बयानको आधारमा समसादलाई पनि नियन्त्रणमा लिएको उनले बताए । समसादले उक्त पेस्तोल र गोली आफूहरुलाई राख्न दिएको बयान लक्ष्मण र विश्वम्वरले प्रहरी समक्ष दिएका थिए । पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]