१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३१ श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपति भण्डारीले भारतको सफल लोकतान्त्रिक यात्रा तथा स्वतन्त्रता प्राप्तिपछि उसले हासिल गरेको रुपान्तरणकारी आर्थिक विकासको विशिष्टता दर्शाउँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण हार्दिक सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीलाई पठाउनुभएको सन्देशमा भारतका जनताको निरन्तर प्रगति, शान्ति र सुखको शुभकामना व्यक्त गर्नुभएको छ ।

सार्वभौम समानता, पारस्परिक समझदारी र सहयोगमा आधारित नेपाल र भारतबीचको गाढा एवम् विविधतापूर्ण सम्बन्धलाई आपसी लाभका निम्ति भारतसँगको साझेदारीलाई अझ सबल तुल्याउने आफ्नो अभिलाषा प्रधानमन्त्री देउवाले अभिव्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]