२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना

Logo
प्रकाशित आइतबार, साउन ३१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३१ श्रावण । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाएर स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपति भण्डारीले भारतको सफल लोकतान्त्रिक यात्रा तथा स्वतन्त्रता प्राप्तिपछि उसले हासिल गरेको रुपान्तरणकारी आर्थिक विकासको विशिष्टता दर्शाउँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण हार्दिक सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी मोदीलाई पठाउनुभएको सन्देशमा भारतका जनताको निरन्तर प्रगति, शान्ति र सुखको शुभकामना व्यक्त गर्नुभएको छ ।

सार्वभौम समानता, पारस्परिक समझदारी र सहयोगमा आधारित नेपाल र भारतबीचको गाढा एवम् विविधतापूर्ण सम्बन्धलाई आपसी लाभका निम्ति भारतसँगको साझेदारीलाई अझ सबल तुल्याउने आफ्नो अभिलाषा प्रधानमन्त्री देउवाले अभिव्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद […]

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]