१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

साउनको अन्तिम सोमबार आजदिन भरी शिवालयहरुमा भक्तजनको भिडभाड

Logo
प्रकाशित सोमबार, साउन ३२, २०७८

कमल कुमार मण्डल
राजविराज, ३२ श्रावण ।सप्तरीसहित तराई मधेशको विभिन्न ठाउँमा रहेका शिवालयहरुमा पूजा गर्न भक्तजनहरुको घुइँचो लागेको छ ।

आज साउन महिनाको अन्तिम सोमवारकादिन भएकोले भगवान शिवको पुजापाठगरिनुका साथै उपवास रहेर व्रत समेत बस्ने गरेका छन ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिका स्थित अंकुरी महादेव, राजविराज बजार स्थित शिवमन्दिर, कञ्चनरुप नगरपालिका स्थित शिवपार्वती मन्दिर, हनुमाननगरको शिव मन्दिर तथा फत्तेपुर स्थित शिवालयलगायतका विभिन्न ठाउँमा रहेका शिवमन्दिरमा पुजापाठ गर्न श्रद्धालुभक्तजनहरुको भिड छ ।

विहानैदेखी बेलपत्र, फुलमाला, मिठाइ प्रसाद, फलफुल आदि लिएर भक्तजनहरुले शिवालयहरुमा पुजापाठ गदैछन् ।

‘आज (सोमवार) मात्रै १ बजेसम्म १० हजार भन्दा बढी श्रद्धालुभक्तजनहरुले महदेवा स्थित अंकुरी महादेव मन्दिरमा जल चढाइएको’ मन्दिरका पुजारी पवन गीरीले भने– ‘अघिल्लो सोमवारका दिनमा पनि भक्तजनहरुको उत्साहजनक उपस्थिती रहे पनि यस सोमवार दोब्बर भक्तजनहरु आएका छन् ।

पुजा गर्न आउने काँवरिया भक्तजनहरुलाई विश्राम गर्नकालागि सर्वत, फलफुल, प्रसादलागायतका साम्रगीहरु सहयोग गरिएका सम्पुर्ण दाताहरुलाई उनले धन्यवाद समेत दिए ।

साउन महिनामा सोमवारकादिन व्रत बसेर विधि पुर्वक शिव भगवानको पुजाअराधना गर्दा दिर्घायु, सुख, शान्ति तथा मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]