१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

साउनको अन्तिम सोमबार आजदिन भरी शिवालयहरुमा भक्तजनको भिडभाड

Logo
प्रकाशित सोमबार, साउन ३२, २०७८

कमल कुमार मण्डल
राजविराज, ३२ श्रावण ।सप्तरीसहित तराई मधेशको विभिन्न ठाउँमा रहेका शिवालयहरुमा पूजा गर्न भक्तजनहरुको घुइँचो लागेको छ ।

आज साउन महिनाको अन्तिम सोमवारकादिन भएकोले भगवान शिवको पुजापाठगरिनुका साथै उपवास रहेर व्रत समेत बस्ने गरेका छन ।

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिका स्थित अंकुरी महादेव, राजविराज बजार स्थित शिवमन्दिर, कञ्चनरुप नगरपालिका स्थित शिवपार्वती मन्दिर, हनुमाननगरको शिव मन्दिर तथा फत्तेपुर स्थित शिवालयलगायतका विभिन्न ठाउँमा रहेका शिवमन्दिरमा पुजापाठ गर्न श्रद्धालुभक्तजनहरुको भिड छ ।

विहानैदेखी बेलपत्र, फुलमाला, मिठाइ प्रसाद, फलफुल आदि लिएर भक्तजनहरुले शिवालयहरुमा पुजापाठ गदैछन् ।

‘आज (सोमवार) मात्रै १ बजेसम्म १० हजार भन्दा बढी श्रद्धालुभक्तजनहरुले महदेवा स्थित अंकुरी महादेव मन्दिरमा जल चढाइएको’ मन्दिरका पुजारी पवन गीरीले भने– ‘अघिल्लो सोमवारका दिनमा पनि भक्तजनहरुको उत्साहजनक उपस्थिती रहे पनि यस सोमवार दोब्बर भक्तजनहरु आएका छन् ।

पुजा गर्न आउने काँवरिया भक्तजनहरुलाई विश्राम गर्नकालागि सर्वत, फलफुल, प्रसादलागायतका साम्रगीहरु सहयोग गरिएका सम्पुर्ण दाताहरुलाई उनले धन्यवाद समेत दिए ।

साउन महिनामा सोमवारकादिन व्रत बसेर विधि पुर्वक शिव भगवानको पुजाअराधना गर्दा दिर्घायु, सुख, शान्ति तथा मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]