२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

रक्षाबन्धनको मैथिली गीत शर्मा क्रिएसनबाट सार्वजनिक

Logo
प्रकाशित मंगलबार, भाद्र ०१, २०७८

राजविराज, १ भदौ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धन नजिकिएकोले “सबस प्यारा य जगमे रक्षा बन्धनके त्योहार” बोलको मैथिली गीत शर्मा क्रिएसन स्टुडियोले सार्वजनिक गरेको छ ।

राजविराज बाट सञ्चिालित शर्मा क्रिएसन यूट्युब च्यानलबाट आज (मंगलवार) उक्त गीत सार्वजनिक गरिएको हो । चर्चित गीतकार सरोज मण्डलको लेखन रहेको उक्त गीत केशव कर्ण र निभा कर्णको सुमधुर आवाजमा सजाइएको गीतको निर्देशक संतोष कुमार मण्डलले जानकारी दिए ।

उक्त गीतमा संगीत दिपक शर्माले दिएको छ भने, संगीत संयोजन तेज नारायण विश्वकर्माले गरेको छ । गीतमा केशव कर्ण र एलिसा बसनेतको अभिनय रहेको छ ।

डिजे सुरेशले अडियो सम्पादन गरेको गीतको भिडियो सम्पादन तेजनारायण शर्मा (चुनु) ले गरेको छ । यस वर्ष भदौ ६ गते आइतवारकादिन रक्षाबन्धन मनाउने भएको छ । गीत हेर्नका लागीः  https://www.youtube.com/watch?v=fSrN2ZaAzOI

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]