१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

रक्षाबन्धनको मैथिली गीत शर्मा क्रिएसनबाट सार्वजनिक

Logo
प्रकाशित मंगलबार, भाद्र ०१, २०७८

राजविराज, १ भदौ । भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व रक्षाबन्धन नजिकिएकोले “सबस प्यारा य जगमे रक्षा बन्धनके त्योहार” बोलको मैथिली गीत शर्मा क्रिएसन स्टुडियोले सार्वजनिक गरेको छ ।

राजविराज बाट सञ्चिालित शर्मा क्रिएसन यूट्युब च्यानलबाट आज (मंगलवार) उक्त गीत सार्वजनिक गरिएको हो । चर्चित गीतकार सरोज मण्डलको लेखन रहेको उक्त गीत केशव कर्ण र निभा कर्णको सुमधुर आवाजमा सजाइएको गीतको निर्देशक संतोष कुमार मण्डलले जानकारी दिए ।

उक्त गीतमा संगीत दिपक शर्माले दिएको छ भने, संगीत संयोजन तेज नारायण विश्वकर्माले गरेको छ । गीतमा केशव कर्ण र एलिसा बसनेतको अभिनय रहेको छ ।

डिजे सुरेशले अडियो सम्पादन गरेको गीतको भिडियो सम्पादन तेजनारायण शर्मा (चुनु) ले गरेको छ । यस वर्ष भदौ ६ गते आइतवारकादिन रक्षाबन्धन मनाउने भएको छ । गीत हेर्नका लागीः  https://www.youtube.com/watch?v=fSrN2ZaAzOI

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]