१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

माधव नेपालले एमाले (समाजवादी) पार्टी दर्ता गर्ने तयारीमा

Logo
प्रकाशित बुधबार, भाद्र ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ भाद्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनका लागि अन्तिम तयारीमा जुटेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल एमाले फुटाउने तयारीमा लागेका हुन् ।

नेपालले बनाउन लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको श्रोतले जनाएको छ। चुनाव चिन्हको विषयमा भने अझै छलफल भइरहेको छ ।

नेपाल पक्ष दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित तयारी अवस्थामा बसेको छ । एमाले अध्यक्ष केपी ओलीसँगको मदभेद् र एकताका लागि गरिएका सबै प्रयासहरू विफल भएपछि नेता नेपालले नयाँ पार्टी गठनको बाटो रोजेका हुन्।

५३ केन्द्रीय कमिटी सदस्य र २४ सांसदले नयाँ दल गठनको लागि हस्ताक्षर गरेको उनीहरूको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]