०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

ठाकुर पक्षले नयाँ पार्टी दर्ता गराउदै : नाम र चुनाव चिन्ह के होला ?

Logo
प्रकाशित बुधबार, भाद्र ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले नयाँ दर्ता गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न लागेको हो ।

ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) राख्ने भएको छ । साथै, पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय गरिएको छ ।

अहिले आफूहरु निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारीमा लागिरहेको ठाकुर पक्षका नेता अनिलकुमार झाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पु¥याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]