१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

दुर्घटनामा एकको मृत्यु, मोटरसाइकल जल्यो

Logo
प्रकाशित सोमबार, भाद्र ०७, २०७८

न्यूजमधेश डेस्क
सुनसरी ,७ भाद्र । सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएका थिए ।

घाइते भएको दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारके क्रममा सफलको भएको मृत्यु भएको हो । अविनाशको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पूर्णरूपले जलेर नष्ट भएको छ ।

मोटरसाइकल पूर्णरूपले नष्ट भएका कारणले गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]