१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

दोहोरो नागरिकताको आरोपमा सप्तरीबाट एक जना पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,८ भाद्र। सप्तरीबाट नागरिकता लिएका एक जनाको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई मङ्गलबार पक्राउ गरिएको छ।

दोहोरो नागरिकता लिएको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ बस्ने फेकु मण्डल अमातको छोरा प्रमोदकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

नेपाली नागरिकता, मतदाता परिचय पत्रका साथै भारतीय आधारकार्ड फेला परेपछि मण्डललाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको सहायक सिडिओ नाथु साहले जानकारी दिए। ‘मण्डलको साथबाट नेपाली र भारतीय दुबै परिचयपत्र बरामद भयो।’ सहायक सिडिओ साहले भने– ‘दुईवटै परिचयपत्रमा उल्लेख भएको नाम, ठेगाना र तस्बिरको आधारमा उनी दुवै देशको नागरिक रहेको बुझिएकाले पक्राउ गरिएको हो।’

मण्डलले जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ०६२ भदौ १७ गते नागरिकता प्रमाण पत्र लिएको देखिन्छ। जन्म मिति ०४६ जेठ २३ गते रहेको मण्डलको नागरिकता प्रमाणपत्र नम्बर नम्बर ६६७३ र मतदाता परिचय पत्र ०६७४५८७४ रहेको छ।

यस्तै मण्डलसँग फेला परेको भारतको आधारकार्डमा पिप्रा खुर्द बिष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। भारतीय आधार कार्डको नम्बर ७५२७१४७९७९८३ रहेको छ। दुबै देशको परिचयपत्रमा नाम, बुवाको नाम र तस्बिर एउटै मानिसको रहेको छ।

भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला परेपछि दोहोरो नागरिकता लिएको आरोपमा मण्डलमाथि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरी जनाएको छ। मतदाता पचिचय पत्र र आधारकार्ड एकसाथ भेटिएपछि पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उनले नेपाली नागरिकता पनि लिएको खुलेपछि प्रशासनले नागरिकता पनि बरामद गरेको छ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रशासकिय अधिकृत माधवप्रसाद पोखरेलको हस्ताक्षरमा ०६२ भदौ १७ गते जारी नागरिकताको प्रतिलिपी उनले ०७७ पुस १७ गते निकालेका हुन्। प्रतिलिपीमा तत्कालिन प्रशासकिय अधिकृत आनन्दकुमार ठाकुरको हस्ताक्षर छ।

पक्राउ परेका मण्डलले भारतमा मजदुरी गर्दा आफूसहित धेरै जनाले भारतीय आधार कार्ड बनाएको बताएका छन्।

अनुसन्धानको दायरा फराकिलो बनाउँदै मण्डललाई दोहोरो नागरिकता लिएको कसूरमा नागरिकता ऐन २०६३ बमोजिम मुद्दा चलाउन जिल्ला अदालतबाट मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी माधवप्रसाद काफ्ले जानकारी दिए।मनोहर पोखरेलले अन्नपूर्णा पोस्टमा लेखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]