१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

रातु नदीको बाँध भत्किएपछी महोत्तरीको सयौँ घर डुबानमा

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ भाद्र । महोत्तरीमा रातु नदीको बाँध भत्किदा सयौँ घर डुबानमा परेको छ।

दुई दिनदेखिको अविरल वर्षापछि आएको बाढीले बलबा नगरपालिका वडा नम्बर ४ स्थित तिलगढमा बाँध भत्किँदा वस्ती नै डुबानमा परेको प्रहरीले जनाएको छ।

बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४ सय मिटर जति तटबन्ध भत्काएको छ ।

बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो । घर आँगन डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम भैरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जनप्रतिनिधि, सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धार कार्य भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]