२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

कमला नदिमा ३० घण्टा देखि बाढीमा फसेको ४ वृद्धलाई उद्वार गर्न रेस्क्यु टोली

Logo
प्रकाशित शुक्रबार, आषाढ २७, २०७६

मनोज मोरबैता,जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सिमाना रहेको कमला नदिमा ४ जना वृद्ध बाढीको कारणले डुबानमा परको छ।

धनुषाको हठमुण्डा र चिकना विछ स्थित रहेको कमला नदिको छेउमा घरबनाए बस्दै आइरहेको र पर्वल खेती विगत कयौ वर्षदेखी गर्दै आएको धनुषाको कमला नगरपालिका वडा न ७ बस्ने अमृत महतो,रेशमा महतो,सन्तोष सदा र अनार देवि हिजो विहिबार करिब ६ बजे साझ बाढीमा फसेको छ।

पहिले देखि नै घर बनाए र पर्वल खेती गर्दै र त्यहाँ बस्दै आएको अमृत महतोको छोरा कामेश्वर महतोले जानकारी दिएको छ।

धनुषा जिल्ला प्रमुख प्रदिप कनेल भने अनुसार उद्वारका लागि प्रहरी चौकी सखुवामडान,सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यलय खजुरिको टोलि समेत पुगेका छ।सिडियो कनेलका अनुसार कमला नदि किनारका व्यक्तिलाई सर्तक र सुरक्षीत स्थानमा रहन आग्रह गरेको छ।

यता ईलाका प्रहरी कार्यलय खजुरिको इस्पेक्टर शंकर चौधरीले भने उनिहरुलाई उद्वार गर्नको लागि महोत्तरीको बर्दिवासबाट रेस्कयु टोलि पनि हठमुण्डा आइपुगेको छ।तर अहिले वर्षा परिरहेको कारणले उद्वार गर्नमा समस्या रहेको छ।नदिमा पानी कम हुँदै छ। चौधरीले भने अहिले उहाँहरु अग्लो ठाउमा छ। भोलि बिहानै उनिहरुलाई रेस्कयु टोलीले उद्वार गर्ने इस्पेकटर शंकर चौधरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]