२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

रक्तदान गरेर मृगौला पीडितकाे ज्यान बचाए किलेशले

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ भाद्र । जनमत पार्टी धनुषाका कोषाध्यक्ष एवम् युवा नेता किलेश मण्डलले रक्तदान गरि एक जना मृगौला पीडितकाे ज्यान बचाएका छ्न।

धनुषाको कमला नगरपालिका -४ सघाराको जिबछ प्रसाद यादवलाई रगतको अत्यन्तै आवश्यकता रहेको बेलामा कोषाध्यक्ष मण्डलले वर्षाको समयमा घरबाट करिब १० किलोमीटर रहेको जनकपुर पुगेर रक्तदान गरी जीवन दान गरेका छन् ।

मृगौलाको समस्या रहेका यादवलाई शुक्रबार डाइलोसिस गराउनको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियाे ।तर,उनलाई रगत उपलब्ध नभएको कारणले डाइलोसिस गराउन निकै गाह्रो भएको थियो ।

शुक्रवार करिब २ बजे जनमत पार्टी धनुषाका कोषाध्यक्ष किलेश मण्डलले रक्तदान गरेपछि यादवको डाइलोसिस गराउन सफल भएकाे उनको परिवारजनले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]