२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

माछा मार्न गएका सदा मृत भेटिए

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

जीतेन्द्र कुमार राम
जनकपुरधाम,१२ भदौ। लगातार चार दिनददेखी मुसलधारे बर्षाका कारण तराइका अधिकांश जिल्ला डुबानमा परेका छन।ठुलठुला नदि,जलाशय भत्किदा गाउँ सहर समेत सबै जलमग्न बनेका छन।बर्षाको पानीले मानविय बसोबासमा समेत अधिक क्षति पुर्याएका छन।

बर्षा,बाढिका समय खासगरी माछा मार्ने समुदाय यी मौसमहरुमा अति नै सक्रीय भएका देखिन्छ्न।यिनिहरु माछा मारेर बर्षा पानीका समय आर्थिक आम्दानी नरहेका कारण माछा मारेरै घरखर्च थेग्ने गर्छन।

यसरी तिनदिने बर्षाले गर्दा नदिनाला,खेत पानीले डुबिसक्दा माछा मार्नेहरुको जमात पर्याप्त देखियो।जसमा धनुषाकै एक ब्यक्ति माछा मार्न त निस्के तर अबेरसम्म न त घरमा माछा आइयो न त माछा मार्न गएका ब्यक्ति नै।

घटना हो धनुषाको सवैला नगरपालिका १२ बर्कुर्वाको।जहाँ मुसहर समुदायको जनसंख्या अन्य भन्दा लगभग बढी नै छ।

यो समुदायमा खासगरी मुसहर,दनुबार र मुसलमान जातीले बसोबास गर्दै आइरहेको छ।अन्दाजी बर्ष ३० को भगबान बाबू सदा माछा मार्ने उद्देश्यले बिहानै माछा मार्ने माछा जाल,भाडो लगायत सम्पुर्ण सामाग्री लिएर गाउ भएर नै जाने बिरेन्द्रबजार महिनाथपुर सडकखण्डको किनारमा नालामा माछा मार्न पुगे। माछा मार्ने हरुको भिड पनि उतिकै थियो।

अबेरसम्म घरमा निज सदा नआएपछी खोजबिन गरियो।कहि भेटेन।अनतत: माछा मार्ने ठाउमा पुग्दा सदाको जाल सडकको किनारमा तथा सदा ह्युम पाइप भित्र मृत अवस्थामा भेटियो।सवैतिर खैलाबैला भयो।

सवैले शवलाइ निकालेर घर पुर्याए,इलाका प्रहरी सवैलाको प्रहरी निरीक्षक राजेश सिंग्देलको नेतृत्वमा खटिआएका टोलि मुचुलका उठाए।शवलाइ पोष्टमार्ट्म गराउन खोज्दा पिडित परिवारले पोष्टमार्टम गर्न नदिने तथा मृतक मिर्गी भनिने रोगका सिकार रहेका त्यतिकै शवलाइ अन्त्येष्टि गर्ने भनी अवरोध खडा गरे।

अन्ततिर प्रसासनले सम्झाइबुझाइ गरेपछी मात्र मृतक सदालाइ पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक राजेश सिंग्देलले जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]