०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

प्रदेश २ का दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।भोली (सोमबार) देखी लागु हुने गरी आज दुई मन्त्रीको जिम्मेवारी जिम्मेवारी हेरफेर गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री रहेका विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

मुख्यमन्त्री राउत र मन्त्री यादव बीच प्रदेश सरकार गठन देखी नै विवाद हुदैआएको छ । यादवले मुख्यमन्त्रीमा दावी गर्दै आएका थिए । तर तत्कालिन संघीय समाजवादी पार्टीको उपाध्यक्ष समेत रहेका राउत मुख्यमन्त्री बनेपछि यादवलाई महत्वपुर्ण मानिएको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।

आर्थिक मन्त्रालयको जिम्मेवारीमा रहेका यादवले मुख्यमन्त्री राउतलाई बजेट विनियोजन, नीति तथा कार्यक्रम र अन्य आर्थिक गतिविधिमा अवरोध गर्दै आएकाले उनलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उच्च स्रोतका अनुसार हालै सार्वजनिक गरिएको बजेटमा समेत मन्त्री यादवले मुख्यमन्त्रीको रायसल्लाह अस्वीकार गर्दै अगाडी बढेका थिए ।

आर्थिक मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले मन्त्रीको जिम्मेवारी हेरफेर भएको स्वीकार गरेका छन् । मुख्यमन्त्री राउतले जिम्मेवारी हेरफेर गरेको बताउँदै उनले नयाँ मन्त्रालयको जिम्मेवारी सोमबारदेखी सम्हाल्ने बताए ।

मुख्यमन्त्री राउतले जिम्मेवारी हेरफेर गर्नु अघि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसंग समेत यस बिषयमा छलफल गरेका थिए । पार्टीभित्र छलफल गरेरै मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]