१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

अधिकारको लडाई हाम्रो जारी छ : डा राउत

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ भाद्र ।जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सीके राउतले अधिकारको लडाई जारी रहेको बताएको छ।

पार्टीको केन्द्रिय सचिवालय जनकपुरधाममा स्थापना गर्दै मंगलवार डा. राउतले स्वराजको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका विर शहिद राममनोहर यादवको सपनालाई साकार पार्नका लागि आफनो संघर्ष जारी राख्ने वताए ।

उनले स्वराज आन्दोलको क्रममा नेपालको शाषक वर्गसंग अधिकारका लागि लडने क्रममा प्रहरीको हिरासतमा राममनोहर यादवको हत्या भएको वताउदै उनले अधिकार स्थापित गर्ने पहिलो खुडकिलोको रुपमा जनकपुरधाममा केन्द्रिय सचिवालय स्थापना गरिएको वताए ।

नेपाली राजनीतिक दलहरुको इतिहासमा जनमत पार्टीले पहिलो पल्ट केन्द्रिय सचिवालय राजधानी भन्दा बाहिर जनकपुरधामको भानुचौकमा स्थापना गरेको छ ।

पार्टी कार्यालय स्थापना कार्यक्रममा शहिद राममनोहर यादव संगै मधेश आन्दोलनमा शहिद भएकाहरुका प्रति डा राउतले श्रद्धा सुमन व्यक्त गर्नुका साथै फुलमाला र अविर चढाइ श्रद्धाञ्जली अपर्ण गरेका थिए भने पार्टी कार्यालयमा झण्डोतोलन समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]