२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

लाैनियाँमा मटकि फाेर कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

राजविराज, १५ भदौ ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर मटकि फाेर कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरिमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे । “युवाहरुकाे सहयोगमा विगत ५ वर्ष देखि आफ्ना संस्कृतिलाई जाेगाउने उदेश्यले निरन्तरता दिदै आएकाे” स्थानीय यूवा वैदानन्द कुमार मण्डलले भने- “पछिल्लो वर्ष काेराेनाका कारण हामीहरुले आयोजना गर्न सकिएन ।” यस वर्ष पनि साधारणै तरिकाले आयाेजना गरियाे उनले थपे । अर्का युवा सुनिल मण्डलका अनुसार हामीहरु पछिल्लो वर्षमा आसपासका गाउँमा पनि मटकि फाेर कार्यक्रम गरे वापत पुरस्कार समेत पाएका थियौं तर, यसपालि आफनै गाउँमा मात्रै आयाेजना गरेर समापन गरेका छाैं । वडा कार्यालयबाट युवाहरूलाई सर्वतकाे व्यवस्था गरेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]