१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

युवा जनमत संघ सप्तरीको आयाेजनामा ३५ जनाले गरियो रक्तदान

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

राजविराज, १५ भदौ । जनमत पार्टी अन्तर्गत रहेका युवा जनमत संघ सप्तरीको आयोजनामा ३५ जना युवाहरूले रक्तदान गरेका छन् । विर शहिद राममनोहर यादवको पुण्य तिथिको स्मृतिमा मंगलवार राजविराज स्थित रेडक्रस सोसाइटी नेपालका कार्यालमा रक्तदान कार्यक्रम आयाेजना गरिएको हो । यूवा जनमत संघ सप्तरीको अध्यक्ष मनोज कुमार यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । शम्भु कुमार साह, गंगा प्रसाद साह, सुसिल कुमार मण्डल, दुर्गानन्द मधेशी, महेश्वर मण्डल, पपु कुमार पंजियार, ललित कुमार यादव, शम्भु प्रसाद पैकरा, सुरेश कुमार साह, प्रदीप कुमार चौधरी, सुमन कुमार यादवले रक्तदा गरेका छन् । यसै गरि बद्री प्रसाद मण्डल, रंजित कुमार सन्त, कुन्दन कुमार ठाकुर, ज्ञानदेव कुमार मण्डल, जितेन्द्र यादव, शत्रुधन महतो, नरेन्द्र ठाकुर, रामलखन कुमार यादव, घुरण कापैर, रामकुमार यादव, शुभाषचन्द्र मण्डल, बलराम यादव, संतोष कुमार साह, प्पु मण्डल, रमेश कुमार साह, जयराम यादव, सियाराम साह, राजकुमार विश्वास, कृष्णा कुमार मंडल, मदनेश चौधरी, संजय मधेशी, महेश प्रसाद यादव, रघुनन्दन यादव, मनोज यादवले रक्तदान गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]