२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

सहिद राममनोहरको बलिदानी दिवसको अवसरमा दिप प्रज्वलन

Logo
प्रकाशित मंगलबार, भाद्र १५, २०७८

अर्जुन साह
विरगंज ,१५ भाद्र । स्वराज आन्दोलनको क्रममा सहित भएका राममनोहर यादवको बलिदानी दिवसको अवसरमा विरगंजमा दिप प्रज्वलन गरिएको छ ।

जनमत पार्टीका जनवर्गीय संगठन समाज कल्याण संघको आयोजनामा विरगंजको घन्टाघरमा दिप प्रज्वलन गरेर स्वराज आन्दोलको प्रथम सहिद राममनोहर यादवको बलिदानी दिवस मनाएको छ ।

समाज कल्याण संघका केन्द्रीय सदस्य सन्तोष शाहको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय उपाध्क्ष ई बशन्त कुशवाहा रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राष्ट्रिय उपाध्यक्ष ई कुशवाहाले भने, ‘आजको दिन मधेशको इतिहासमा लेखिएको दिन हो ।यो दिनलाई मधेशी जनताले कहिले भुल्ने छैन ।आजकै दिन स्वराज आन्दोलको क्रममा स्व राममनोहर यादवको प्रहरी हिरासतमा हत्या भएको थियो ।उहाँको सपना सहकार गर्नको लागि जनमत पार्टी सदेव अग्रसर रहने छ ।’

त्यसैगरी विशिष्ट अतिथिमा महिला जनमत संघ पर्सा जिल्लाको सहसंयोजक अनिता रौनियार , चन्दन चौहान र अतिथीमा जिल्ला सचिव बिनय यादव, सहसचिव विराजु यादव, विजय चौरासिया र बिद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष राजु राज गिरीले सहित राम मनोहर यादवको बारेमा जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा सहभागी सम्पूर्ण जनाले सहिद राममनोहर यादवको फोटोमा फुलमाला अबिर लागेर श्रद्धाञ्जली अर्पण र दिप प्रज्वलन गरि समापन भएको थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]