१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

कांग्रेस वडा अधिवेशन : कतै उत्साह, कतै अन्योल

Logo
प्रकाशित बुधबार, भाद्र १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ भाद्र। शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ ।

पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको नेपाल समाचारपत्र दैनिकले खबर प्रकाशित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले सम्भव भएजति वडाको अधिवेशन पर्सि १८ गते नै गर्ने र यो दिन अधिवेशन गर्न नसकिएको वडाहरूमा २७ गते हुने गाउँ/नगर अधिवेशन भन्दा दुई/तीन दिनअघिसम्म वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण २१ जिल्लामा अझै निर्वाचन अधिकृत खटाउन सकेको छैन । निर्वाचन अधिकृत खटाइएको केही जिल्लामा अझै विवाद कायम रहेको छ ।

निर्वाचन समितिले मंगलबार साँझसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको ५६ जिल्लामा मात्र निर्वाचन अधिकृतलाई जिल्ला खटाएको जनाएको छ । कांग्रेसको क्रियाशील सदस्य वडा अधिवेशनका प्रतिनिधि तथा मतदाता हुन् ।

‘म हिजो नै जिल्ला आइपुगेको हुँ, पार्टीको जिल्ला नेतृत्वसँग छलफल सहमति गरी आजै (मंगलबार) सबै वडामा मतदान अधिकृत तोकेर निर्वाचन सामग्री पठाउँदै छु’, खोटाङ जिल्ला खटिएका निर्वाचन अधिकृत विकास भट्टराईले भने, ‘यहाँ रहेको ७९ वटा वडामा पर्सि १८ गते नै वडा अधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको छ ।’ उनका अनुसार अहिलेसम्म खोटाङमा कुनै समस्या आएको छैन ।

ओखलढुंगा जिल्लामा रहेका निर्वाचन अधिकृत कीर्तिनाथ शर्मा पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार यस जिल्लामा पनि पर्सि शुक्रबार सबै वडाको अधिवेशन गर्ने तयारी भइरहेको छ ।

‘म मंगलबार बिहानै जिल्लामा पुगेको छु, पार्टीका जिल्ला नेताहरूसँग छलफल गरेर निर्वाचन तयारी अघि बढाइरहेको छु’, पौडेलले भने, ‘७५ वटा वडा रहेको यस जिल्लामा प्रत्येक वडामा मतदान अधिकृत तोक्ने कार्य हुँदै छ ।’

यहाँ वडा अधिवेशनका लागि पार्टीका सबै नेता तथा कार्यकर्ताहरू उत्साहका साथ लागिपरेको उनको भनाइ थियो ।

यता, सोलुखुम्बु जिल्लामा खटिएका निर्वाचन अधिकृत कैलाश गुरुङले आफू बुधबार बिहानैदेखि अधिवेशनको तयारीमा जुट्ने बताए ।

‘म अहिले बाटोमा छु साँझसम्म जिल्ला पुग्छु’ जिल्ला निर्वाचन अधिकृत गुरुङले भने, ‘यस जिल्लामा पनि १८ गते नै वडा अधिवेशन सम्पन्न गर्ने तयारीका साथ आएको छु ।’

‘वडा अधिवेशन १८ गते गर्ने भनिएको छ, आफ्नो जिल्लामा तोकिएको समयमा वडा अधिवेशन हुन्छ कि हुँदैन अझै अन्योल छ’, डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले भने, ‘केन्द्रले अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाएको भनिएको छ, तर निर्वाचन अधिकृतले अहिलेसम्म मलाई सम्पर्क गरेको छैन ।’

वडा अधिवेशन गर्नुपर्ने दुई दिन अघिसम्म पनि जिल्ला सभापतिसँग निर्वाचन अधिकृतको छलफल नहुनुले यस जिल्लामा पनि अधिवेशनबारे अन्योल भएको बुझ्न सकिन्छ ।

वडा अधिवेशन हुन दुई दिन बाँकी हुँदासम्म क्रियाशील सदस्यहरूको सूची सार्वजनिक नहुनु र सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत नपुगेपछि अन्योल सृजना भएको जिज्ञासामा केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव भन्छन्, ‘सबै जिल्लाका लागि निर्वाचन अधिकृतहरू छनोट भइसकेका छन्, क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई नआइसकेकाले मात्र रोकिएको हो ।’

विवाद रहेका जिल्लामा वडा अधिवेशनको अघिल्लो दिनसम्म क्रियाशील सदस्यता विवाद टुंगिए सम्भव भएसम्म १८ गते नै अधिवेशन गर्ने र सम्भव भएन भने गाउँ÷नगर अधिवेशनलाई असर नगर्ने गरी दुई÷तीन दिनपछि वडा अधिवेशन गर्न पनि सकिने निर्वाचन समितिका संयोजक यादवले बताए ।

गाउँ÷नगर अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका छ । अहिले क्रियाशील सदस्य सार्वजनिक भएको र निर्वाचन अधिकृत खटाइएको जिल्लामा पनि केही अप्ठारो अवस्था आएर १८ गते अधिवेशन गर्न सम्भव भएन भने पनि भदौ २७ अघि अधिवेशन गर्न सकिने उनको भनाइ थियो ।

प्रत्येक वडामा १ सय ५० क्रियाशील सदस्य बराबर ९ जना र थप १ सय क्रियाशील सदस्य बराबर ६ जनाको दरले क्षेत्रीय प्रतिनिधिको निर्वाचन हुन्छ । क्षेत्रीय प्रतिनिधि बढीमा ७५ जनासम्मको निर्वाचन हुन्छ । यही क्षेत्रीय प्रतिनिधिले गाउँ/नगर कार्यसमिति निर्वाचित गर्ने गरी कांग्रेसको विधान संशोधन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]