१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

महन्थ ठाकुरको दावी : जसपा भन्दा लोसपा बलियो

Logo
प्रकाशित बुधबार, भाद्र १६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरिएको छ ।

बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरु संग कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् । अध्यक्ष ठाकुरले भने– ‘हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’

लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुरधाम आएका छन् ।

उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । बुधवार जसपाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु नयाँ दल रोज्नका लागि निर्वाचन कार्यालय जाने समय लोसपाका ३ वरिष्ठ नेताहरुको आगमनलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यता लोसपाले जनकपुरधाममा शक्ति प्रर्दशन समेत गरेको छ भने पार्टीका तिनै वरिष्ठ नेता जनकपुरधाममा भव्य स्वागत गरिएको छ । प्रदेशका सांसदहरुसंग पार्टीको विषयको बारेमा आउने चारदिन सम्म छलफल गरिने वताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]