०८ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

सिरहामा एक लाख ६२ हजारले लगाए खोप

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,१७ भाद्र । सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा एक लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनुभयो ।

प्रमुख यादवका अनुसार सिरहामा एक लाख ११ हजारले पहिलो डोज र ५१ हजारले दुवै डोज खोप लगाइसकेका छन् । जिल्लाका ३० हजारले विभिन्न चरणमा भएको खोप अभियानअन्तर्गत अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्, जुन एक डोज मात्र लगाउँदा पुग्छ ।

यसैबीच सिरहामा जापानले उत्पादन गरेको कोभिड–१९ विरुद्धको स्ट्रेजेनिका खोप लगाउन सुरु गरिएको छ । सिरहाको १७ स्थानीय तहमध्ये पहिलो चरणमा भदौ १६ र १७ गते १० स्थानीय तहमा र बाँकी सात स्थानीय तहमा भदौ १८ र १९ गते खोप लगाइने कार्यक्रम रहेको प्रमुख यादवले जानकारी दिनुभयो । तय गरिएको स्थानीय तहको स्वास्थ्य संस्थाबाट सर्वसाधारणलाई खोप लगाइने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]