१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस

Logo
प्रकाशित बिहिबार, भाद्र १७, २०७८

न्यूजमधेश डेस्क
बर्दिया ,१७ भाद्र । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताउनुभयोे ।

हाल कोभिड–१९ का कारण क्याम्पस सञ्चालन नभए पनि शुक्रबारदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै उहाँले बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाह क्यामपससम्म पु¥याइने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]