१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

यी घुमुवा प्रहरीले डिआईजीको नाममा असुली गर्दै

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ भाद्र । दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले डिआईजीको नाममा असुली धन्दा चलाएको पाइएको छ । प्रदेश प्रहरी कार्यलायबाट पर्साको लागि खटाइएको प्रदेश घुमुवाहरुले चोरी तस्करी रोक्नुकोसाटो असुली धन्दा चलाएर तस्करी र तस्करलाई झन बढावा दिएको पर्सा प्रहरी स्रोत बताउँछ ।

तस्करीको सूचना दिन, सामान पक्राउ गर्न र अपराधीलाई पक्राउ गर्न दुई नम्बर प्रदेश प्रहरी कार्यालयबाट पर्सा हेर्ने गरि असई प्रमोद सिंह, हवल्दार राजु गुप्ता र सिपाही संजय जैसवाल घुमुवाको रुपमा परिचालन भएका छन् । विगत लामो समयदेखि उनीहरु घुमुवाको रूपमा कार्यरत छन् । त्यसैले पनि ब्यापारीदेखि तस्करसँग उनीहरुको नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् ।

प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई गोप्य सूचना संकलन गरेर चोरी, तस्करी, तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले खटाएको हो । तर, उनीहरु अहिले आफ्नो जिम्मेवारी छाडेर प्रदेश प्रमुख डिआईजी उमेश रञ्जितकारको नाम बेचेर महिनावारी असुलीमा सक्रिय रहेको पर्सा प्रहरी स्रोतको दावी छ ।

त्यतिमात्र होइन उनीहरुले डिआईजीको नाममा पर्साबाट तस्करीको लाईन मिलाइदिएवापत तस्करसँगमात्र नभई सीमाक्षेत्रका इन्चार्जहरुसँग पनि खुलेआम रकम असुल्ने गरिरहेको प्रहरीहरु नै बताउँछन् । असई सिंह, हवल्दार गुप्ता र जयसवालले पर्साको विभिन्न नाकामा व्यापारीहरूलाई तस्करीको लाइन मिलाइदिएर लाखौं उठाई रहेको एक ब्यापारी नै बताउँछन् ।

उनीहरुले कपडाको तस्करी गर्दै आएका हरेन्द्र पटेल, मूख्तार, मुना आलम, ओकील मिया, सुरेन्द्र र नरेश दास तथा किराना समाना ओसार पसार गर्ने बेचु छपकैयालाई लाइन मिलाइदिने काम गरिरहेको ती ब्यापारीले बताए । त्यसैगरी पिकअप र टेम्पुबाट कपडा र हार्डवयरका सामानको तस्करी गर्दै आएका काका भन्ने व्यक्ति तथा हार्डवयरका सामानको तस्करी गर्दै आएका शर्मा जी राजकुमारलाई पनि उनीहरुले लाइन मिलाइदिने र त्यसबापछि लाखौं असुली गर्ने गरेका छन् ।

त्यस्तै युनिलिभरका सामानहरु, स्याउ, चाइनिज इँटा तथा कुखुराको दानादेखि दाँत माञ्ने मञ्जनसम्मको तस्करी गर्दै आएका मुना जयसवाल, रामु जयसवाल, किशोर जयसवाललगायतलाई पनि उनीहरुले लाइन मिलाइदिने गरेको व्यापारीहरु नै बताउँछन् । जयसवालहरु पर्साको मुख्य व्यापारी भएको र प्रहरीकै सेटिङमा तस्करी गरेर सामान भित्र्याउने हुँदा आफूहरुलाई काम गर्न नै अप्ठेरो परेको ती व्यापारीले बताए ।

स्रोतका अनुसार यी व्यापारीहरुसँग घुमुवा प्रहरीहरुले काम अनुसार ५० हजारदेखि ३ लाखसम्म महिनावारी लिने गरेका छन् । प्रदेश कार्यालयका प्रहरीहरुसँगै सेटिङ मिलाउँदै आएका पर्साका व्यापारीहरु खुलमखुल्ला प्रहरी प्रशासनसँग मिलेमतो नगरी तस्करी गर्न सम्भव नभएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]