०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

धनुषाको ढल्केवरमा दिनादहारै सुनचाँदी पसलमा चोरी गर्ने चोर प्रहरीको फन्दामा

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भाद्र । धनुषाको ढल्केवरमा एक सुनचाँदी पसलबाट दिनदहाडै चोरी भएको छ ।मिथिला नगरपालिका–६ ढल्केवर स्थित गणेश लक्ष्मी ज्वेलर्सबाट चोरी भएको छ। चोरीमा संलग्न रहेको आरोपमा चाँदीको गहना सहित शनिवार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रवार स्थानीय शिवजी साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको थियो ।पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहना सहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको गरगहना खरिद गर्ने धनुषाको मिथिला नगरपालिका वडा नं ४ पुष्पलपुर घरभई ढल्केवर बस्ने ३५ बर्षिया सुरेखा देवी यादवलाई समेत पक्राउ गरिएको छ। उनले चोरी गर्ने मगरबाट पाँचतोला चाँदीको गरगहना खरिद गरेको सुवेदीले बताए ।

पसल सञ्चालकको भनाइलाई उदृत गर्दै प्रहरी निरिक्षक सुवेदीले पसलबाट ४८ तोला चाँदी चोरी भएको थियोे । चोरी भएको सबै गरगहना बरामद गर्न थप अनुसन्धान भइरहेको उनको भनाई ।

पक्राउ परेका दुबैजना माथि चोरी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।यता चोरी भएको पसलका सञ्चालक शिवजी साहले आफ्नो पसलबाट ६ सय ग्राम चाँदीको गहना चोरी भएको बताए । दपब्लिकटुडेमा लेखिएको समाचार हो .

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]