२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

धनुषाको ढल्केवरमा दिनादहारै सुनचाँदी पसलमा चोरी गर्ने चोर प्रहरीको फन्दामा

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ भाद्र । धनुषाको ढल्केवरमा एक सुनचाँदी पसलबाट दिनदहाडै चोरी भएको छ ।मिथिला नगरपालिका–६ ढल्केवर स्थित गणेश लक्ष्मी ज्वेलर्सबाट चोरी भएको छ। चोरीमा संलग्न रहेको आरोपमा चाँदीको गहना सहित शनिवार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रवार स्थानीय शिवजी साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलबाट चोरी भएको थियो ।पसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहना सहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको गरगहना खरिद गर्ने धनुषाको मिथिला नगरपालिका वडा नं ४ पुष्पलपुर घरभई ढल्केवर बस्ने ३५ बर्षिया सुरेखा देवी यादवलाई समेत पक्राउ गरिएको छ। उनले चोरी गर्ने मगरबाट पाँचतोला चाँदीको गरगहना खरिद गरेको सुवेदीले बताए ।

पसल सञ्चालकको भनाइलाई उदृत गर्दै प्रहरी निरिक्षक सुवेदीले पसलबाट ४८ तोला चाँदी चोरी भएको थियोे । चोरी भएको सबै गरगहना बरामद गर्न थप अनुसन्धान भइरहेको उनको भनाई ।

पक्राउ परेका दुबैजना माथि चोरी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।यता चोरी भएको पसलका सञ्चालक शिवजी साहले आफ्नो पसलबाट ६ सय ग्राम चाँदीको गहना चोरी भएको बताए । दपब्लिकटुडेमा लेखिएको समाचार हो .

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]