१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
झापा ,२० भाद्र । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । मेचीनगर–१० बाट उहाँसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको प्रचार प्रमुख हुमागाईँले बताउनुभयो । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति हुनुहुन्छ ।

मेचीनगरका आठ, बुद्धशान्तिका चार, बिर्तामोडका छ, अर्जुनधाराका पाँच, कनकाईका चार, झापा गाउँपालिकाका सात, शिवसतासीका तीन, कमलको एक, गौरादहको दुई, गौरीगञ्जका दुई, भद्रपुरका तीन, बाह्रदशीका चार वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।

क्षेत्र नं १ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिनुभयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]