१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० भाद्र । महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न भएको छ । सोही नगरपालिकाका वडा नम्बर ५ स्थित कटैया बजारमा नगरपालिकाको अधिवेशन शनिबार आयोजना गरिएको थियो ।

उक्त अधिवेशनबाट नगर अध्यक्षमा सत्रोहन सहनी ,उपाध्क्षमा लक्ष्मी देवी ,सचिवमा अरुण साह ,सहसचिवमा अमित शर्मा र कोषाध्यक्ष धिरेन्द्र कुमार सरनलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यमा कालिचरण मण्डल ,भाग्या देवी ,लालबाबु राउत ,शान्ति देवी ,वीर बहादुर साह ,मो .इस्माइल नदाफ ,शिवनाथ पण्डित , हलिमा खातुन र रघुबीर पासवान रहेका छन।

जनमत पार्टीका केन्द्रीय उप महासचिव ई .इन्द्रजित यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथिमा जनमत पार्टीक निर्वाचन प्रमुख एवं केन्द्रीय सदस्य संजय सिंह ,केन्द्रीय सदस्य संजय यादव (स्वराजी ) र सचिवालय सदस्य बलराम मण्डल (सेवक ) रहेको थिए ।

सो नगर अधिवेशनमा जनमत पार्टी महोत्तरीका सचिव बिरेन्द्र मण्डल ,कृष्ण साह ,राम प्रताप महतो सहित जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सत्रोहन सहनीको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको पार्टीका युवा नेता विश्वनाथ चौधरीले न्यूजमधेशलाई जनकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]