१७ माघ २०८२, शनिबार
31-01-2026 , Sat
×

पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
वीरगञ्ज ,२० भाद्र। पर्साको ठोरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पर्सा हेल्थ क्लिनिकको आयोजना सञ्चालित शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा बालकदेखि ९२ वर्षका वृद्धसम्मले स्वास्थ्य जाँच गराएको शिविरको संयोजन गरेका पत्रकार नवराज फुयाँलले बताए । फुयाँलका अनुसार शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

ठोरी गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय प्राविधिक माविमा आयोजित शिविरमा फिजिसियन डा. सरोज रोशन दास, स्त्री रोग विशेषज्ञ डा. प्रवीण शाह, दन्त रोग विशेषज्ञ डा. प्रिया जैसवालले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरको उद्घाटन नेपाली कांग्रेसका महासमिति सदस्य बृहस्पति कृष्ण श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]