१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

आफुलाई सीआईबीको इन्स्पेक्टर भन्दै असुली गर्ने युवक पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
बाँके,२० भाद्र । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को इन्स्पेक्टर भन्दै मान्छेलाई धम्क्याउने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान जिल्ला दार्माकोट गापा २ बस्ने ३२ बर्षीय दिपेन्द्र रोकाया रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार बाँके बसपार्क एरियाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका रोकायाले उक्त एरियामा रहेका होटल तथा पसलहरुमा आफू सीआईबीको इन्स्पेक्टर रहेको भन्दै डर त्रास देखाएर असुलीमा संलग्न रहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]