०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

नवलपरासीमा नागरिकता विहिन नपाली नागरिकद्वारा प्रदर्शन

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० भाद्र । प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै नवलपरासीमा नागरिकता विहिन नागरिकहरुले प्रदर्शन गरेका छन् ।

जन्मसिद्ध नागरिकता पाएका अभिभावकका सन्तानलाई चाँडो वंशजका आधारमा नागरिकता दिलाउन विधेयक पारित गराउन माग गर्दै नागरिकता विहिनहरुले आइतबार प्रदर्शन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन गएका नागरिकता पीडित युवाहरूले ‘नागरिकता विधेयक पारित गर, हाम्रो पहिचान कायम गर’, ‘हामीलाई नागरिकता खोइ ?’ जस्ता प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

संविधानमा नागरिकतासम्बन्धी व्यवस्था गरिएको भए पनि राजनीतिक कारण देखाउँदै नागरिकता विधेयकलाई अलपत्र पार्न खोजिएको नागरिकता पीडित संघर्ष समिति संयोजक ई.इन्द्रजित साफी बताए ।

जन्मसिद्ध नागरिकता पाएका अभिभावकहरूका सन्तानले जन्मसिद्ध नागरिकता नपाउँदा संवैधानिक अधिकारबाट वञ्चित हुनुपर्दा शिक्षा, स्वास्थ्य, रोजगार मात्र नभएर गाँसबासको अधिकारसमेत हनन भएको उनीहरूले बताएका छन् ।

९ जेठ २०७८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन् ।

नागरिकताको लागि दवाव मुलक र्याली कार्यक्रममा हजारौं नागरिकता विहिन नागरिकहरुको सहभागिता रहेको अभियन्ता ई .इन्द्रजित साफीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]