१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

जनकनन्दिनी गाउँपालिका : चार जना वडा सदस्यले रोजे लोसपा

Logo
प्रकाशित आइतबार, साउन २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२२ भाद्र।धनुषाको जनकनन्दिनी गाउँपालिकाका ४ जना वडासदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छ्न।

तत्कालीन संघिय समाजवादी पार्टीबाट निर्वाचित भएका चार जना वडा सदस्यले प्रदेश निर्वाचन कार्यलयमा जनकपुरधाम पुगेर लोसपामा रहेको सनाखत गरेका हुन।

सनाखत गर्ने सदस्यहरुमा गाउँपालिकाका वडा नम्बर १ का जान मोहम्मद र वडा नम्बर ६ का महिन्द्र सहनीले आज सनाखत गरेका छ्न ।भने वडा नम्बर १ का उपेन्द्र यादव र अनार देवी सादाले सोमबार नै लोसपाको पक्षमा सनाखत गरेको थिए।

साथै जनता समाजवादी पार्टीका युवा नेता दिपिन देव यादवले पनि लोसपामा प्रवेश गरेको युवा नेता सुनिल यादवले जानकारी दिएका छ्न ।

उनले भने,’तत्कालीन संघीय समाजवादी पार्टीबाट जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष पदमा चुनाव समेत लडेका थिए।यादव करिब ८ सय मतले मात्र चुनाव हारेको थियो ।’

निर्वाचन कार्यलयमा लोसपाका जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल ,युवा नेता सुनिल यादव,दिपिन देव यादव,मुकेश यादव ,जिबछ पगैहिया र नरेश यादवले वडा सदस्यहरुलाई लोसपामा सनाखत गराउन सफल भएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]