१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

जनकनन्दिनी गाउँपालिका : चार जना वडा सदस्यले रोजे लोसपा

Logo
प्रकाशित आइतबार, साउन २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२२ भाद्र।धनुषाको जनकनन्दिनी गाउँपालिकाका ४ जना वडासदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छ्न।

तत्कालीन संघिय समाजवादी पार्टीबाट निर्वाचित भएका चार जना वडा सदस्यले प्रदेश निर्वाचन कार्यलयमा जनकपुरधाम पुगेर लोसपामा रहेको सनाखत गरेका हुन।

सनाखत गर्ने सदस्यहरुमा गाउँपालिकाका वडा नम्बर १ का जान मोहम्मद र वडा नम्बर ६ का महिन्द्र सहनीले आज सनाखत गरेका छ्न ।भने वडा नम्बर १ का उपेन्द्र यादव र अनार देवी सादाले सोमबार नै लोसपाको पक्षमा सनाखत गरेको थिए।

साथै जनता समाजवादी पार्टीका युवा नेता दिपिन देव यादवले पनि लोसपामा प्रवेश गरेको युवा नेता सुनिल यादवले जानकारी दिएका छ्न ।

उनले भने,’तत्कालीन संघीय समाजवादी पार्टीबाट जनकनन्दिनी गाउँपालिकामा अध्यक्ष पदमा चुनाव समेत लडेका थिए।यादव करिब ८ सय मतले मात्र चुनाव हारेको थियो ।’

निर्वाचन कार्यलयमा लोसपाका जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल ,युवा नेता सुनिल यादव,दिपिन देव यादव,मुकेश यादव ,जिबछ पगैहिया र नरेश यादवले वडा सदस्यहरुलाई लोसपामा सनाखत गराउन सफल भएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]