१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकिकृत समाजवादी)

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
सिरहा ,२३ भाद्र । नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य अशोककुमार यादवले जानकारी दिनुभयो

प्रदेशसभा सदस्य अशोक यादवको नेतृत्वमा जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको बताइएको छ ।

त्यस्तै जनता समाजावदी पार्टी नेपालबाट सिरहाका स्थानीय तहमा निर्वाचित १२ जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । सबै जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय सिरहा पुगेर लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]