०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

पुर्वमन्त्री प्रभु साहले नयाँ दल दर्ताको लागि गृहकार्य सुरु

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२३ भाद्र । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए ।

नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्रीसमेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्युँतिएपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी उनी क्रान्तिकारीहरूको ध्रुवीकरणमा लागेका छन् ।

नेकपा विघटन भएदेखि नै पूर्वमन्त्री साहले नेकपा एमाले नभई नेकपाकै निरन्तरताका रूपमा अगाडि बढ्नुपर्ने, माओवादी पक्षलाई सहअस्तित्वका रूपमा स्वीकार्नुपर्ने, नेकपाले अवलम्बन गरेकै विचारलाई पार्टीको विचार मान्नुपर्नेजस्ता माग राखेर यथास्थितिमा एमाले स्वीकार्न नसक्ने स्पष्ट पारिसकेका छन् ।

तर, अध्यक्ष ओली यथास्थितिमै बस्न खोजेको आरोप लगाउँदै पूर्वमन्त्री साह क्रान्तिकारीहरूको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढ्न नयाँ दल दर्ताको अभियानमा जुटेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]