१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

गृहमन्त्रीलाई रोक्न खोज्दा गंगा चौधरी र मर्यादापालकबीच घम्साघम्सी

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२३ भाद्र। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा र मर्यादापालकबीच घम्साघम्सी भएको छ।

बैठकमा सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि चौधरी र मर्यादापालकबीच धकेलाधकेल भएको हो।

बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो र दोस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले २ पटक १५–१५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गर्न लाग्दा यस्तो देखिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोकेका थिए ।

त्यसक्रममा एमाले सांसद चौधरी भने रोष्टममै उक्लिने प्रयास गरेको र त्यसै क्रममा मर्यादापालकबीच धकेलाधकेल भएको एक सांसदले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]