१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

आर्थिक अभावमा उपचारबाट बंचित महरालाई जनमतको पहलमा भयो सहयोग

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

मनोज मोरबैता
जनकपुरधाम ,२३ भाद्र। दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ ।

दुई महिना अगाडी मोटरसाइकलबाट दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

महरालाई सहयोग गर्नको लागि विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ कतारले रु ४१ हजार पठाएको थियो ।

उक्त रकम बुधबार जनमत पार्टीका युवा नेता धिरज मण्डल, दलित जनमत संघ धनुषाका उपाध्यक्ष राम दियाल मुखिया, पार्टीको विदेह नगरपालिका ४ का सल्लाहकार इब्राहिम प्रमाणी, स्थानीय छोटन महराले महराको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

उपचार गराउन धेरै समस्या भइरहेको अवस्थामा कहिंकतैबाट सहयोग नभएपछि निराश भएको अवस्थामा जनमत पार्टीका नेताहरुले गरेको सहयोगले आफ्नो उपचार हुने उनले बताए ।

पीडित महराले सहयोग गर्न रकम पठाएको गैर आवासीय मधेशी संघलाई धन्यवाद समेत दिए ।

विपन्न परिवारमा जन्म भएका पिडित अजय महरालाई उपचार गराउन निकै समस्या भइरहेको खबर पाएपिी जनमत पार्टीका नेता कार्यकर्ताहरुले पहल गरेका थिए ।गैर आवासीय मधेशी संघ जनमत पार्टीको भातृ संगठन हुन् ।

संघले विपन्न परिवारहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ईन्जिनियर शम्भुनाथ साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]