१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

समाजिक तथा स्थानीय विकास समितीको सदस्यमा दिपक यादव मनोनयन

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ भाद्र। नेपाल उधोग वाणिज्य महासंघ प्रदेश २ को समाजिक तथा स्थानीय विकास समितिको सदस्यमा युवा व्यावसायी इन्जिनियर दिपक यादवलाई मनोनयन गरिएको छ ।

डी.के. ब्रदर्स एण्ड बिल्डर्स जनकपुरधामका संचालक समेत रहेका इन्जिनियर यादवलाई मनोनयन गरिएको पत्र बुधवार दिएको हो । पत्रमा महासंघ प्रदेश २ का निवर्तमान अध्यक्ष शिवशंकर साह हिरा र अध्यक्ष गणेश प्रसाद लाठको हस्ताक्षर रहेको छ ।

पत्रमा सामाजिक तथा स्थानीय विकास समितिको विकासको क्षेत्रमा इन्जिनियर यादवको योगदान र अनुभवप्रति उच्च कदर प्रकट गरिएको छ ।

यस्तै सम्बन्धित क्षेत्रको समुन्नत विकासका लागि विशेष पहल आवश्यक देखिएकोले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसंग सहकार्य गर्नमा योगदान पुग्ने उनीप्रति विश्वास रहेको पत्रमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]