१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

महिलामाथी दुर्ववहार गरेको आरोपमा विदेहका मेयर बेचन दासलाई कुटपिट

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ भाद्र। कार्यालय सहयोगीसँग कार्यालयभित्रै खुट्टामा मसाज गर्न लगाएर चर्चामा आएका धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासलाई कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।

एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मेयर दासलाई जनकपुरमा कुटपिट गरेको छ। मेयर दासले करिब एक महिनाअगाडि विदेह नगरपालिकाको कार्यालयमै कार्यालय सहयोगीसँग खुट्टा मसाज गर्न लगाएका थिए ।

भदौ २० गते राति जनकपुर उपमहागरपालिका-८ ज्ञानकुप टोलमा एक सांस्कृतिक कार्यक्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवाहरूको समूहले हातपात गरेको स्थानीयहरूले बताएका छन् ।

मेयर दासमाथि हातपात गर्नुका साथै युवाहरूको समूहले मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २-०२-००१ झ ००४३ नम्बरको सरकारी गाडीमा तोडफोडसमेत गरेका थिए ।

मेयर दासले आफूमाथि कसैले हातपात नगरेको र हातपात गरेको सम्बन्धी समाचार पूर्णरुपमा गलत भएको भन्दै आफ्नो बचाउ गरे । उनले भने, ‘आफूमाथि कुनै प्रकारको घटना भएको छैन, हातपातको घटनामा कुनै सत्यता पनि छैन, केही उच्छृङ्खल युवाहरूले मेरो गाडीमा तोडफोड गरेका थिए, त्यसैले मैले चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छु ।’

आफूमाथि हातपातको कुनै प्रकारको घटना नभएको दाबी गर्ने मेयर दासले चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । जाहेरीमा भने उनले आफ्नो सावरीमा तोडफोड भएको मात्र उल्लेख गरेका छन् ।

धनुषाका प्रहरी उपरीक्षक जितेन्द्र बस्नेतले मेयरको गाडीमाथि तोडफोड गर्ने चार जनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।

यता मेयर दासले चारजना युवामाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरू बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेसन गएका थिए ।

उनीहरूले मेयर दासविरुद्ध महिलामाथि अभद्र व्यवहार गरेको जाहेरी दर्ता गराउने प्रक्रिया थालेको स्थानीयहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]