२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

रौतहटमा मल उपलब्ध गराउन माग गर्दै किसान आन्दोलित

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
रौतहट,२४ भाद्र । उर्वर भूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसान आन्दोलनमा उत्रेका छन।

खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् ।

रौतहटका बजारमा यूरिया मलको अभाव भएको र भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको सामना गर्नुपरेको उनीहरुले गुनासो गरेका छन् ।

बजारमा सर्वसुलभ रुपमा कृषि मलको व्यवस्था, ट्रयाक्टरमा लाग्ने कर खारेज, कृषि बिमा, कृषि ऋणको व्यवस्था तथा किसानलाई पेन्सनको व्यवस्थाको माग गर्दै किसानहरुले प्रदर्शन गरेका छन् ।

सरकारले किसानका समस्याको बारेमा ध्यान नदिँदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढ्दै गएको तथा तराईका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए ।

किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेशसभा सदस्य कुन्दन कुशवाहा भने, ‘किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई पटकपटक अवगत गराए पनि कुनै सुनुवाइ भएको छैन । भन्सारको तथ्यांकले पनि हामी खाद्यान्नमा समेत अन्य मुलुकमा परनिर्भर हुन थालेको पुष्टि गर्छ ।’

किसानहरुले आन्दोलनको पहिलो दिन बुधबार रौतहटमा कृषियन्त्र सहित प्रदर्शन गरेका छन् भने अन्य चरणका कार्यक्रम गर्दै जाने किसान संघर्ष समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]