२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

प्रेस जनमत संघको अध्यक्ष साहद्वारा जिल्ला स्तरीय कबड्डी प्रतियोजिताको उद्घाटन

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ भाद्र ।प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष बिपि साहले जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गरेका छ्न।

तीज र चौरचनको अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आयोजित प्रतियोजिताको उद्घाटन एक समारोहका बिच प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले रिवन काटेर गर्नुभएको हो ।

राजदेवी युवा क्लव गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर सेवा समाज धनुषा सबैला नगरपालिकाको संयुक्त आयोजनामा आयोजित प्रतियोजितामा धनुषा जिल्लाभरीका २४ वटा टीम सहभागी रहेको छ ।

उदघाटन कार्यक्रमको प्रमुख अतिथि साहले खेलको माध्यमबाट भाईचारा स्थापना गर्न र युवाहरुलाई कुलतबाट जोगाउने प्रयासहरु हुने पर्ने बताए ।

उनले आगामी दिनमा धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा हुने कुनै पनि खेलकुद कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको अतिथि खेलकुद महासंघका केन्द्रीय सदस्य एवं धनुषा जिल्ला अध्यक्ष शत्रुघन मुखियाले मुख्य एम्पायरको भूमिका निर्वाह गर्ने छन् ।

कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, युवा तथा पेसाकर्मीहरुको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म चल्ने खेलमा विजेताहरुका लागि नगद तथा उपहारको व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद […]

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]