२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

राजर्षि जनक विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, २४ भाद्र । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्ष कन्ट्रायक्टका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले करार नियुक्तिको माग गर्दै आन्दोलित भएका हुन् ।

करिब महिना दिनदेखि शान्तिपूर्ण तरिकाले विभिन्न चरणको आन्दोलन गर्दै आएका उनीहरुको माग पुरा नभएपछि बुधवार विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । तर उपकुलपति प्रा. भरत झाले प्रहरी बोलाएर विहिबार ताला फोड्न लगाएपछि विश्वविद्यालयमा अवस्था केही बेर अवस्था तनावग्रस्त बनेको थियो ।

विगत १७ दिनदेखि आन्दोलित उनीहरुले पहलो चरणमा हातमा कालोपट्टी बाँधी अध्यापन गरेका थिए भने दोस्रो चरणमा उनीहरुले लगतार १५ दिनसम्म विश्वविद्यालयको उपकुलपति तथा रजिष्ट्रारको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका थिए ।

आन्दोलित कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति प्रा. झा उनीहरुसँग वार्ता गर्न तयार भएका छन् ।

माग पुरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति झाले बाध्य भएर छलफलका लागि बोलाएको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलिप कुमार यादवले जानकारी दिए । माग पुरा गर्ने÷नगर्ने कुरा अब छलफलपछि मात्र बताउने उनको भनाई छ ।

विश्वविद्यालयमा अहिले ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षक कार्यरत छन् । स्थापना कालदेखि नै आफूहरु विश्वविद्यालयमा कार्यरत रहेपनि करारमा नियुक्त गर्न आनाकानी गरिरहेको आन्दोलित कन्ट्रायक्ट शिक्षकहरुको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]

जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]