१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

राजर्षि जनक विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम, २४ भाद्र । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्ष कन्ट्रायक्टका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले करार नियुक्तिको माग गर्दै आन्दोलित भएका हुन् ।

करिब महिना दिनदेखि शान्तिपूर्ण तरिकाले विभिन्न चरणको आन्दोलन गर्दै आएका उनीहरुको माग पुरा नभएपछि बुधवार विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । तर उपकुलपति प्रा. भरत झाले प्रहरी बोलाएर विहिबार ताला फोड्न लगाएपछि विश्वविद्यालयमा अवस्था केही बेर अवस्था तनावग्रस्त बनेको थियो ।

विगत १७ दिनदेखि आन्दोलित उनीहरुले पहलो चरणमा हातमा कालोपट्टी बाँधी अध्यापन गरेका थिए भने दोस्रो चरणमा उनीहरुले लगतार १५ दिनसम्म विश्वविद्यालयको उपकुलपति तथा रजिष्ट्रारको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका थिए ।

आन्दोलित कोर्ष कन्ट्रयाक्टका शिक्षकहरुले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति प्रा. झा उनीहरुसँग वार्ता गर्न तयार भएका छन् ।

माग पुरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति झाले बाध्य भएर छलफलका लागि बोलाएको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलिप कुमार यादवले जानकारी दिए । माग पुरा गर्ने÷नगर्ने कुरा अब छलफलपछि मात्र बताउने उनको भनाई छ ।

विश्वविद्यालयमा अहिले ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षक कार्यरत छन् । स्थापना कालदेखि नै आफूहरु विश्वविद्यालयमा कार्यरत रहेपनि करारमा नियुक्त गर्न आनाकानी गरिरहेको आन्दोलित कन्ट्रायक्ट शिक्षकहरुको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]