२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

आफुलाई पत्रकार भन्दै अवैधरूपमा रकम असुली गर्ने दुई पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८

न्यूजमधेश डेस्क
कंचनपुर ,२४ भाद्र । महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो ।

दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ दुवै जनाले साई मोबाइल ग्यालरी सञ्चालकलाई धम्क्याउँदै रु दुई लाख माग गरेको तर पसल सञ्चालकले दिन नसक्ने बताएपछि नगद रु २५ हजार र सामान लगेर गएका थिए । दुवै जनाको पसल सञ्चालकसँग ‘बार्गेनिङ’ गरेको भिडियो सीसीटीभी क्यामेरामा कैद भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]