२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

जनमत पार्टीले निकालियो मोटरसाइकल र्याली

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार मोटरसाइकल र्याली निकालेको छ ।

भ्रष्टाचार विरुद्धको नारासहित महोत्तरीको एकडारा गाउँपालिका ४ हलखोरीबाट निकालिएको र्यालीले चकवा ,पर्सा ,भातौलिया ,अजमरपट्टि ,बखरी चौक हुँदै गाउँपालिकाको परिक्रमा गरेको थियो ।

र्‍याली एकडारा, बेला,भागैहिया हुँदै अजगेवा पुगेर कोण सभामा परिणत भएको पार्टीले जनाएको छ ।

मोटरसाइकल र्यालीमा सहभागीले डा सीके राउत जिन्दावाद ,जनमत पार्टी जिन्दावाद ,मधेशी एकता जिन्दावाद ,जनमत दो अधिकार लो,भ्रष्टाचार बन्द गर ,जनता राज कायम गर ,अब कि बार जनमत कि सरकार ,जन जनका नारा है जनमत पार्टी हाम्रा है जस्ता नाराहरु लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टी महोत्तरीका सचिव बिरेन्द्र मण्डलले मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ ।उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो।’

जनता समाजवादी पार्टीले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनले लगाएको छ।

मधेसी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका जनता समाजवादी र तात्कालिक राजपाले अहिले सत्तामा पुगेपछि मधेसी जनतामाथि शोषण र दमन गरिहेको राउतले बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री रहेका बेला उनको कार्यकालमा मन्त्रालयको ५६ अर्ब बजेटमध्ये २२ अर्बको भ्रष्टचार भएको लेखा परीक्षणको रिपोर्टले नै पुष्टि गरिसकेको भन्दै मण्डलले भने,‘उपेन्द्र र उनको पार्टीले भ्रष्टचारी, तस्कर बलात्कारी नेताको संरक्षण गर्दै आइरहेको छ ।’

उनले थपे ,’अब जनमत पार्टीमे मात्र मधेशी जनतालाई अधिकार दिलाउन सक्छ ।’

सो कोणसभामा जनमत पार्टी महोत्तरीका जिल्ला सहसचिव कौशलेन्द्र गिरि ,पार्टीका एकडारा गाउँपालिका प्रमुख सिन्हेश्वर मण्डल ,जनमत पार्टीको गाउँपालिका  ४ वडाअध्यक्ष सरोज कुमार यादव , वडा नम्बर ३का वडा अध्यक्ष बैजु मण्डल, वडा नम्बर २ का वडा अध्यक्ष परमेश्वर यादव र वाडा नम्बर  १ का वडा अध्यक्ष धिरेन्द्र मण्डलले समेत गाउँपालिका र वडामा भैरहेको भ्रष्टाचार विरुद्धमा मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]