१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

इन्द्रदेव यादव बन्ने प्रदेश २ कै उत्कृष्ट सिडियो

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ भाद्र । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा प्रदेश २ को रौतहट जिल्ला प्रथम हुन सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा रौतहट पहिलोे नम्बरमा परेको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो) ईन्द्रदेव यादव कार्यसम्पादनमा विभिन्न कठिनाईका बावजुद प्रथम हुन सफल भएको हो । सुरक्षा लगायतका कार्यसम्पादनमा प्रदेश २ मा पहिलो साथै देशभरका अन्य जिल्लाहरुलाई समेत उछिन्दै कार्यसम्पादनमा १९ औं नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

विभिन्न कठिनाईका बावजुद पनि आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएकोे छ ।

प्रमुख जिल्ला अधिकारी यादवले एक बर्ष अधि मात्र रौतहटको प्रजिअको रुपमा कार्यभार सम्हालेका थिए ।

प्रदेश २ को रौतहट जिल्लाको उत्कृष्ट प्रमुख जिल्ला अधिकारी धोषित भएपछि खुशी व्यक्त गर्दै अगामी दिनमा प्रदेशको उत्कृष्ट मात्र होईन देशकै उत्कृष्ट जिल्ला घोषणाको निमति सहयोग र समन्वयको लागि आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी यादव पनि प्रदेश २ सिरहाका हुन् । यस अघि पनि उनी प्रदेश २ का अन्य जिल्लाहरुका विभिन्न कार्यालयहरुमा उत्कृष्ट एवंम प्रशंसनीय कार्यहरु गर्दै आएका थिए ।

प्रशासनिक ज्ञानमा अब्बल मानिएका प्रमुख जिल्ला अधिकारी यादवलाई एक बर्ष अधि सह सचिवमा उतिर्ण हुँदै प्रदेश २ मा बढी अपराधिक गतिविधि हुने जिल्ला रौतहटकै कार्यभार सम्हाल्न जिम्मेवारी दिएर गृह मन्त्रालयले पठाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]