१० फाल्गुण २०८२, सोमबार
23-02-2026 , Mon
×

प्रदेश २ सरकारद्वारा बाढीमा परि मृत्यु भएको परिवालाई ३ लाख राहत दिने निर्णय

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

जनकपुरधाम।लगातार मंगलबारदेखि वर्षाले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैया राहत उपलब्ध गराउने निर्णय भएको छ।निरन्तर पानी परेकोले बाढी प्रदेश २ लगायत देशभरिकै जनजीवन कष्टमै बनाएको छ। आज शनिबार बसेको प्रदेश केविनेटको आकस्मिक बैठक बसेर निर्णय गरिएको छ।प्रदेश २ सरकारले बाढिमा परेर धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै । राहत तथा उद्धारका लागि तत्काल प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०÷१० लाख रुपैया उपलब्ध गराउने निर्णय भएको हो।

त्यसैगरी विपद् पीडितहरुको राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउँने पहल समेत भइरहेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताएका हुन।प्रदेश २ सरकारको मन्त्री परिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक तथा युवाहरुहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आग्रह समेत गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]