२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश २ सरकारद्वारा बाढीमा परि मृत्यु भएको परिवालाई ३ लाख राहत दिने निर्णय

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

जनकपुरधाम।लगातार मंगलबारदेखि वर्षाले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैया राहत उपलब्ध गराउने निर्णय भएको छ।निरन्तर पानी परेकोले बाढी प्रदेश २ लगायत देशभरिकै जनजीवन कष्टमै बनाएको छ। आज शनिबार बसेको प्रदेश केविनेटको आकस्मिक बैठक बसेर निर्णय गरिएको छ।प्रदेश २ सरकारले बाढिमा परेर धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै । राहत तथा उद्धारका लागि तत्काल प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०÷१० लाख रुपैया उपलब्ध गराउने निर्णय भएको हो।

त्यसैगरी विपद् पीडितहरुको राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउँने पहल समेत भइरहेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताएका हुन।प्रदेश २ सरकारको मन्त्री परिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक तथा युवाहरुहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आग्रह समेत गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]