२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ भाद्र । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको थिए। सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार तेस्रो दिन पनि संसद अवरोध कायमै राखेको छ। आइतबारको बैठकमा पनि एमालेले चर्को बिरोध जनाएको छ।

सभामुख सापकोटाले आफू नेपालको संविधान, ऐन, कानून र प्रतिनिधि सभा नियमावली अनुसार नै चलेको भन्दै पटक पटक बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रतिपक्षी सांसदहरुलाई आग्रह गरेका थिए।

प्रतिपक्ष सांसदहरुले वेल घेर्दै संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मूर्दावाद, पदीय मर्यादा कामय गर, संवैधानिक सर्वोच्चता कायम गर, गैरसांसदलाई प्रवेश निषेध गर, पार्टी फुटाउने षड्यन्त्र–मुर्दावाद, यथास्थितिमा संसद चल्न सक्दैन लगायतका नाराबाजी गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]