२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

डा. दीपकको ठगीधन्धा : करोडको भाडा र बिजुली रकमनै नतिरेर बाल संगठनको जग्गा हड्पे

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

न्यूजमधेश डेस्क
पर्सा ,२७ भाद्र । वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको रकम गएको १० वर्षदेखि नतिरी डा. दीपक बहादुर शाक्यले सङ्गठनलाई नै दुःख दिने गरेको रहस्य खुलेको छ ।

वीरगंज पब्लिक कलेजका निर्देशक रहेका डा. दीपक बहादुर शाक्यले सम्झौता भएदेखि प्रयोग गर्दै आएको नेपाल बाल सङ्गठनको जग्गा भाडा नतिर्ने गरेको खुलेको हो ।

सङ्गठनका तत्कालीन सभापति अशोक कुमार जयसवालसँगको २०६८ असार २१ गते भएको सम्झौतामा २ वर्षको लागि मासिक १६ हजार १ सयको दरले र त्यसयता २५ बर्ससम्मको लागि मासिक रु। २१ हजार १ सयको दरले हरेक ३ वर्षमा १० प्रतिशत बढाउने गरी कौडीको भाडामा समेत सम्झौता गरेको उक्त जग्गाको भाडा बापतको रुपैयाँ नतिरी प्रयोग गर्दै आएका छन् ।

२०६८ असार २१ गते स्वर्गीय गोपाल बहादुर शाक्यका नाती तथा दीपक बहादुर शाक्यका छोरा शंकल्प शाक्यसँग करिब १२ कट्ठा जग्गा २५ वर्षका लागि बहाल दिने सम्झौता गरेका थिए । तर सम्झौता गरेदेखि हालसम्म सङ्गठनलाई बुझाउनु पर्ने कुनै पनि मासिक रकम नबुझाई प्रयोग गरिरहेको पर्साका वर्तमान सभापति रामकिशोर सिंह परागले बताए ।

उक्त सम्झौता अनुसार चौमासिकको पहिलो महिनामा भाडा नतिरेको खण्डमा १० प्रतिशत जरिवाना समेत लिने सम्झौता भएको छ । जसअनुसार हालसम्मको भाडा जरिवानासहित दिएको रकम बाहेक रु १ करोड २५ लाख ९५ हजार ३५४ रुपैयाँ बक्यौता रकम डा। शाक्यका छोरा शंकल्प शाक्यले दिनुपर्नेमा हालसम्म तिरेका छैनन् । उल्टै डा। दीपक शाक्यले खातै नभएकाले हालसम्म रकम जम्मा गर्न नसकेको प्रतिक्रिया दिए ।

२०६८ सालमा नेपाल बाल सङ्गठन चल्नै नसक्ने अवस्थामा पुगेकाले आफै समितिमा भएको नाताले आफ्नो छोरोको नाममा लिजमा लिँदा कम्पाउण्डवाल र माटो पुर्ने भनेर २ वर्ष समयावधि तोकिएको थियो तर उक्त समयमा वीरगंज महानगरपालिकाले नबनाएकाले आफैले १५ लाख रुपैयाँ खर्च गरेर बनाएको उनको प्रतिक्रिया छ । तर यता विद्यानत सङ्गठनमा रहेका पदाधिकारी तथा सदस्यहरूले आ९आफ्नो सन्तानको नाममा सङ्गठनको सम्पत्ति भाडामा लिने पाउने प्रावधान नरहेपनि त्यति बेला सङ्गठन पर्साको सदस्य रहेका डा। दीपक शाक्यले आफ्नो छोरा शंकल्प शाक्यको नाममा जग्गा भाडामा लिएर श्री आदर्श माध्यमिक विद्यालय चलाइरहेका छन् । उक्त समयमा सङ्गठनको सदस्य रहेका डा। दीपक शाक्यले व्यक्तिगत फाइदा लिन आफ्नै छोराको नाममा १२ कट्ठा जग्गा बहालमा लिई आफैँ साक्षी बसेर सङ्गठनकै विधानको बर्खिलाप काम गरेको सभापति रामकिशोर सिंह परागको आरोप छ ।

सम्झौता अनुसार कुनैपनि संरचना बनाउँदा लिजमा लिनेले नै बनाउनुपर्ने भएपनि डा। शाक्यले भने १५ लाख नेपाल बाल सङ्गठनले उल्टै तिर्नुपर्ने प्रतिक्रिया दिए । नेपाल बाल सङ्गठनलाई तिर्नुपर्ने १ करोड २५ लाख रुपैयाँ मध्ये १० वर्षमा यता एकसुको डा। शाक्यले जम्मा गरेका थिएनन् । खाता भएपनि उनले तिर्न मानेका थिएनन् । भर्खरै आएको समितिले पटक९पटक ताकेताक गर्दा असारमा आएर दुई पटक गरी १२ लाख रुपैयाँ सङ्गठनको खातामा जम्मा गराएका छन् । उक्त १२ लाखमा पनि डा। शाक्यले २ लाख बढी नै तिरेको दाबी गरिरहेका छन् । जबकी करारनामामा खुलस्त रूपमा तीन महिने भाडा यदि नतिरे १० प्रतिशत जरिवाना समेत लाग्ने उल्लेख रहेको छ । तर शाक्यले खाता नभएको अवस्थामा उक्त रकम कसलाई तिर्ने भनी बेतुकको जवाफ फर्काएका छन् । जबकी उनी स्वयम रहेको उक्त सङ्गठनको पहिले नै खाता सञ्चालनमा रहेको बैक दाखिलाले बताउँछन् ।

वीरगंजस्थित आदर्शनगर रहेको नेपाल बाल सङ्गठनको बाल मन्दिरको पुरानो भवनमा रहेको बिजुलीको मिटरको बिल समेत शाक्यले नतिरेको सभापति परागले बताए । मन्दिरको जग्गासहित १२ कट्ठामा संचालन गरेको श्री आदर्श मा।वि।ले खर्चेको झण्डै २ लाख ४४ हजार बराबरको बिल नतिरी मिटर नै उखेलेर फालिदिएका छन् । बाल सङ्गठनको प्राङ्गणभित्र रहेको पौष्टिक आहारको मिटरबाट सङ्गठनलाई कुनै जानकारी नै नदिई चोरी गरी बिजुली बाल्दै आएको नयाँ कार्यसमिति बन्दा आफूहरूले थाहा पाएको सभापति परागले बताए । यस सम्बन्धमा बिधुत कार्यालयमा बुझ्दा झण्डै ३ लाख बराबरको पहिलेकै बिजुलीको बिल नतिरेको कार्यालयले जानकारी दिएको सभापति परागले बताए ।

यो विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराएपनि त्यहाँबाट कुनै प्रतिक्रिया नआएको सभापति परागको भनाई छ ।आफूलाई नागरिक समाजका अगुवा समेत भनाउने डा। शाक्यले बिजुली नबालेकोले बिल नतिर्ने भन्दै अटेरी गर्दै आएको सभापति परागले बताए । डा। शाक्य शिक्षक पेसासँग जोडिएकाले बक्यौता रकम तिर्न आफूहरू पटक९पटक पत्राचार गर्दै आएपनि उनले नागरिक समाजको अगुवाको दम्भ देखाउँदै करोडौँ रकम नतिरेको सभापति परागको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]