०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मन्दिरको प्राङ्गणमा रहेको मुख्यमन्त्री राउतको होर्डिङ बोर्ड जलाएपछी उपाध्यक्ष साह पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

न्यूजमधेश डेस्क
राजविराज,२९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै एक जनालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिर प्राङणमा प्रदेश सरकारको स्वच्छता अभियान सम्बन्धी होर्डिङ बोर्ड जलाएको भन्दै राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भारदहको टोलीले साहलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी साहलाई जिल्ला प्रहरी कार्यालय, राजविराज ल्याउने तयारी भइरहेको छ ।मन्दिर प्राङ्णभित्र होर्डिङ् बोर्ड लगाएर मन्दिरको सौन्दर्यतामा असर पारेकाले आफूहरुले जलाएको अभियानकी उपाध्यक्ष साहले बताएकी छन् ।

यसअघि जनकुरधामस्थित जानकी मन्दिरमा लगाइएको होर्डिङ बोर्डहरु समेत स्थानीय केहि युवाले भत्काइदिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]