०६ आषाढ २०८२, शनिबार
21-06-2025 , Sat
×

मन्दिरको प्राङ्गणमा रहेको मुख्यमन्त्री राउतको होर्डिङ बोर्ड जलाएपछी उपाध्यक्ष साह पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

न्यूजमधेश डेस्क
राजविराज,२९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै एक जनालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिर प्राङणमा प्रदेश सरकारको स्वच्छता अभियान सम्बन्धी होर्डिङ बोर्ड जलाएको भन्दै राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भारदहको टोलीले साहलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी साहलाई जिल्ला प्रहरी कार्यालय, राजविराज ल्याउने तयारी भइरहेको छ ।मन्दिर प्राङ्णभित्र होर्डिङ् बोर्ड लगाएर मन्दिरको सौन्दर्यतामा असर पारेकाले आफूहरुले जलाएको अभियानकी उपाध्यक्ष साहले बताएकी छन् ।

यसअघि जनकुरधामस्थित जानकी मन्दिरमा लगाइएको होर्डिङ बोर्डहरु समेत स्थानीय केहि युवाले भत्काइदिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]