२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

जनमत पार्टीले गरियो यस्तो निर्णय : केन्द्रीय सदस्यहरुले जागिर छाड्नुपर्ने

Logo
प्रकाशित बिहिबार, भाद्र ३१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्यहरुले आफूले गरिरहेको जागिरबाट राजीनामा दिनुपर्ने भएको छ ।

जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी असोज २१ गतेभित्र केन्द्रीय सदस्यहरुले आफ्नो जागिरबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

उक्त समयसम्म नसके आगामी निर्वाचनसम्म जागिरबाट बिदा लिई आफ्नो जिल्ला वा केन्द्रीय सचिवालयको निर्देशन अनुसार फिल्डमा काम गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बहालबाला कोषाध्यक्षलाई अन्य जिम्मेवारीमा मनोनित गर्न स्थायी समितिलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । २०७८ साल चैतमा स्थानीय तहको निर्वाचन हुने सम्भावना भएकाले जिल्ला कार्यकारिणी समितिहरुको पदावधि ६ महिना थप गरिने जनमत पार्टीले निर्णय गरेको छ ।

ब्ल्याकमेल गरिए राजीनामा मानिने

बैठकले पार्टीमा कुनै पनि किसिमले ब्ल्याकमेल नगर्न कडाइ गरेको छ । पार्टीसँग ब्ल्याकमेल गर्न वा बदनाम गर्ने नियतले सार्वजनिक रुपले पार्टीबाट राजीनामा दिने धम्की दिए त्यसलाई राजीनामा सरह मानिने निर्णय गरेको छ ।

त्यस्ता सदस्यलाई भविष्यमा कुनै महत्वपूर्ण जिम्मेवारीको पद वा सांगठनिक लाभ लिन नसक्ने गरी कालोसूचीमा राख्ने बैठकको निर्णय छ ।

बैठकले रुपन्देहीकी निलम पासवान, कपिलवस्तुकी निशा हरिजन र धनुषाकी रेखाकुमारी मण्डललाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

असोज ३ मा कालो दिवस मनाइने

बैठकले संविधान दिवसको दिन असोज ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष डा. राउतले जारी गरेको विज्ञप्तिमा मधेश आन्दोलनमा मारिएका शहीदहरुको श्रद्धाञ्जलीसहित उपयुक्त कार्यक्रम गरी असोज ३ गते कालो दिवस तथा मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवसलाई यस वर्ष पनि निरन्तरता दिइने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]