२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

जनमत पार्टीले गरियो यस्तो निर्णय : केन्द्रीय सदस्यहरुले जागिर छाड्नुपर्ने

Logo
प्रकाशित बिहिबार, भाद्र ३१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्यहरुले आफूले गरिरहेको जागिरबाट राजीनामा दिनुपर्ने भएको छ ।

जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी असोज २१ गतेभित्र केन्द्रीय सदस्यहरुले आफ्नो जागिरबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

उक्त समयसम्म नसके आगामी निर्वाचनसम्म जागिरबाट बिदा लिई आफ्नो जिल्ला वा केन्द्रीय सचिवालयको निर्देशन अनुसार फिल्डमा काम गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले बहालबाला कोषाध्यक्षलाई अन्य जिम्मेवारीमा मनोनित गर्न स्थायी समितिलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । २०७८ साल चैतमा स्थानीय तहको निर्वाचन हुने सम्भावना भएकाले जिल्ला कार्यकारिणी समितिहरुको पदावधि ६ महिना थप गरिने जनमत पार्टीले निर्णय गरेको छ ।

ब्ल्याकमेल गरिए राजीनामा मानिने

बैठकले पार्टीमा कुनै पनि किसिमले ब्ल्याकमेल नगर्न कडाइ गरेको छ । पार्टीसँग ब्ल्याकमेल गर्न वा बदनाम गर्ने नियतले सार्वजनिक रुपले पार्टीबाट राजीनामा दिने धम्की दिए त्यसलाई राजीनामा सरह मानिने निर्णय गरेको छ ।

त्यस्ता सदस्यलाई भविष्यमा कुनै महत्वपूर्ण जिम्मेवारीको पद वा सांगठनिक लाभ लिन नसक्ने गरी कालोसूचीमा राख्ने बैठकको निर्णय छ ।

बैठकले रुपन्देहीकी निलम पासवान, कपिलवस्तुकी निशा हरिजन र धनुषाकी रेखाकुमारी मण्डललाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

असोज ३ मा कालो दिवस मनाइने

बैठकले संविधान दिवसको दिन असोज ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष डा. राउतले जारी गरेको विज्ञप्तिमा मधेश आन्दोलनमा मारिएका शहीदहरुको श्रद्धाञ्जलीसहित उपयुक्त कार्यक्रम गरी असोज ३ गते कालो दिवस तथा मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवसलाई यस वर्ष पनि निरन्तरता दिइने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]