२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

कमला नदिमा फसेको ९ जनालाई उद्वार गर्न हेलिकप्टर मगाउदै

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

मनोज मोरबैता ,जनकपुरधाम।निरन्तरको अविरल वर्षाछि कमला नदिमा आएको बाढीले धनुषा र सिरहाको सिमामा रहेको निर्माणधिन कमला पुलको ९ जना कामदार बिच नदिमै फसेको छ।

सिरहा जिल्लाको सिरहा नगरपालिका–६ स्थित रहेको बरेर्वा बसपिट्टा घाटमा निर्माण भईरहेको कमला पुलमा काम गरिरहेको ९ जना हिजो राती अचानक बाढी आएकोले उनिहरु शुक्रबार नै फसेको स्थानीय देवनन्दन यादवले जानकारी गराएको छ।

करिब २४ घण्टादेखि नै कामदारहरु बाढीमा फसेका उनीहरु हारगुहार लगाएपछि हिजो राति मात्र जानकारी आएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताएको छ।

पूलको काम गरिरहेको अवस्थामै अचानक बाढी आउँदा उनीहरु त्यही ज्यान बचाउनको लागि गुहार गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले उद्घारको लागि पहल थालिएपनि उद्धारमा समस्या भएको जनाएको छ । उद्धार गर्न टोली पठाइएपनि पानीको चाप बढीरहेको कारणले उद्धार गर्न सकेका छैन ।

उद्धार टोलीसहित काठमाडौंबाट हेलिकप्टर उडिसकेको जानकारी प्राप्त भएको छ भने मौसम खराबीका कारण सिरहा आउन समय कति लाग्ने भन्नेबारे भन्न नसकिने प्रजिअ अधिकारीले बताए अनुसार उद्धार टोलीबाट उद्धार हुन नसकेपछि विहानैदखि हेलिकप्टर मगाउँने प्रयासमा छौं, तर मौसम खराबीका कारण आउन सकिरहेको छैन । अहिले त्यहाँबाट उडेको छ, तर मौसम खराब छ, सक्छ–सक्दैन ।

बाढीको जलस्तर झन् बढिरहँदा उद्धारमा कठिनाई भएपछि उनको उद्धारको लागि हेलिकप्टर मगाइने भएको छ । उद्धार गर्ने टोली परिचालन गरिएपनि नदीमा अत्यधिक बाढी रहेका कारण समस्या भएपछि उद्धारका लागि हेलिकप्टर आइरहेको सिडियो अधिकारीले बताएको छ। ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]