१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

अखिल अध्यक्षमा सुनिता बराल चयन

Logo
प्रकाशित शनिबार, आश्विन ०२, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२ असोज। नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा ४०६ सदस्यीय केन्द्रीय कमिटी पुनःगठन गरेको सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिनुभयो ।

पुनःगठित केन्द्रीय कमिटीले नै आगामी अखिलको २३औँ महाधिवेशन गराउने उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार बैठकले आगामी चैत २४ देखि २६ गतेसम्म अखिलको २३औँ महाधिवशेन गर्ने निर्णय गरेको छ । अहिलेको महाधिवेशन विसं २०७३ यता हुनसकेको थिएन ।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष भइसक्नुभएको छ । उहाँ अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुनुहुन्छ । यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन् । त्यस्तै सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाएका छन् । अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]