२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेशभरी जनमत पार्टीले मनाए कालो दिवस ,हेर्नुस फोटोहरु

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषासहित मधेशभरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

जनमत पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरि आज असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको हो ।

जनमत पार्टी कमला नगरपालिकाका नगर कार्यसमितिले श्रद्धाञ्जली कार्यक्रम गरि कालो दिवस मनाएको छ ।भने सहिद नगरपालिकामा मोटरसाइल र्याली निकालेको थिए ।धनुषा जिल्लाको विभिन्न नगरपालिका ,गाउँपालिका ,वडाहरुमा व्लायक आउट गरेर कालो दिवस मानेको हो ।

सिरहाको विभिन्न स्थानमा संविधान संशोधनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

सप्तरीको रुपनी नगरपालिकामा जनमत पार्टीका नेता कार्यकर्ताहरुले २०७२ सालमा जारि भएको संविधान मधेश बिरोधी संविधान गरेको भन्दै संविधानको प्रतिलिमलाई जलाएको छ ।

सुनसरी ,झापा ,मोरंग ,महोत्तरी ,सर्लाही ,बारा ,पर्सा रुपन्देही ,कैलाली ,बाँके ,बर्दिया ,कंचनपुर ,नवलपरासीसहित मधेशका जिल्लाहरुमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले संविधानको विरोध विभिन्न विरोधनात्मक कार्यक्रम गरेर कालो दिवसको रुपमा मनाएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राम नारायण साहले बताए ।

उनले भने ‘जब सम्म मधेशीको सम्पूर्ण अधिकार संविधानमा लेख्दैन ,तबसम्म जनमत पार्टीले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने भनेको छ ।’

हेर्नुस फोटोहरु

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।